गोसाइँकुण्डमा हेलिकप्टर आतङ्क



गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको छ । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । हेलिकाप्टरले काठमाडौंको एयरपोर्टबाट २६ मिनेटमै गोसाइँकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टाभन्दा बढी अतिरिक्त समय दिन्छ ।

 

 

गोसाइँकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउण्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

 

संरक्षित क्षेत्र भित्र पर्ने भएकाले अत्याधिक हेलिकप्टरको उडान लाई स्वभाविक लिन नसकिने संरक्षणकर्मीहरु बताउँछन भने हेलिकप्टर उडान बापतको रोयाल्टीको बारेमा बेला बखत कुरा उठ्ने गरेको छ । मापदण्ड वितरित उडान भर्दा बन्यजन्तुलाई प्रतिकुल असर गर्ने भएकाले उडान नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई सुझाव समेत दिने गरिएको छ । हेलिकोप्टरको बाक्लो उडान, जथाभावी अवतरण र ठूलो आवाजले वन्यजन्तु हताहत हुने र मर्ने समेत अवस्था समेत आउँछ ।

 

 

६ भाद्र २०७८ (रासस) :  जनैपूर्णिमाको विशेष अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कन थालेका छन् । पवित्र गोसाइँकुण्डमा आज बिहानैदेखि भक्तजन स्नान र पूजा आराधना गरी आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका हुन् ।

 

 

गोसाइँकुण्ड स्नान गरी बिहानैदेखि भक्तजन फर्कन थालिसकेका र बिहान ९ः०० बजेको समयसम्म करिब ८०० भन्दाबढी भक्तजन पूजाआजामा कुण्डमै व्यस्त रहेको सुरक्षामा खटिएका प्रहरी अधिकृतले अनुमान गरेका छन् ।

 

जनैपूर्णिमाका उपलक्षमा करिब दुई हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको अनुमान गरिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै लेक लागेका बिरामीको उद्धारका लागि नेपाली सेना तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो ।

 

कोरोना सङ्क्रमण नियन्त्रणका लागि मास्क लगाउन र सामाजिक दूरी कायम गराउन सुरक्षा अङ्गले चेतना अभिवृद्वि गराउने कार्यलाई प्राथमिकता दिइरहेका छन् । गोसाइँकुण्ड गएका यात्रुमाझ बिरामीको समस्या नभेटिएको र सुरक्षामा खटिएका गस्ती प्रहरीले यात्रुको अवस्थाबारे अनुगमन गरिरहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

Comments Box