प्रचण्ड व्यक्तिवादी भए, दलालसँग साँठगाँठ गरियो – नारायणकाजी



शुक्रबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको भन्दै अध्यक्ष प्रचण्डको आलोचना गरेका छन् ।

 

 

बैठकमा लिखित धारणा प्रस्तुत गर्दै नेता श्रेष्ठले पार्टीभित्रको वैचारिक संस्कृतिमा गम्भीर विचलन आएको टिप्पणी गरेका हुन् । श्रेष्ठले पार्टी इतिहासकै गम्भीर मोडमा रहेकोले गल्ती गर्ने छुट कसैलाई नभएको समेत बताएका छन् । उनले पार्टी नेतृत्वले नोकरशाही, पुँजीपति र दलालहरुसँग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

 

श्रेष्ठले एमसीसी अनुमोदनप्रति गम्भीर असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष प्रचण्डसँगको ३५ वर्ष लामो सम्बन्धमा सबैभन्दा कठिन क्षण आएको बताए । ‘अध्यक्ष कमरेड प्रचण्डसँग मेरो २०५३ सालदेखिको सम्बन्ध हो तर उहाँले पत्रकार सम्मेलन गरेर मलाई पार्टी छोड्न भन्नुभएको छ’, श्रेष्ठको भनाई छ ।

 

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ। शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो। तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो। साथै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन केन्द्रले भनेको छ।

Comments Box