ग्याल्पो ल्होसार



आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । शेर्पा समुदायले विभिन्न गुम्बामा पूजा आरधनासँगै विभिन्न साँस्कृतिक कार्यक्रम गरी यो पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन थालेका हुन् । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ। ग्लाल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Comments Box