एमसिसि (MCC)को बारेमा सदनमा चुप बसेका शिर्ष नेता मिडियामा बोल्न भने प्रतिष्पर्दामा



एमसिसि पास गर्ने बेला संम्सदमा कुनै पनि शिर्ष नेताले बोलेनन । एमाले नाराबाजीमा थियो भने देउबा, प्रचण्ड र माधव कुमार नेपाल बसेर हेरिरहेका थिए । जब एमसिसि पास भयो, पत्रकार सम्मेलन गरेर बोल्ने होडवाजी नै चल्यो ।

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना धारणाहरू सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले एमसीसी पास गर्न संसदमा अगाडि बढाउन खोज्दा एमालेले जस लिन्छ भनेर अन्य दलहरुले रोकेर अहिले पास गरेको आरोप लगाए ।

 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको अरोप लगाएका छन् । मंगलबार एमसीसीबारे प्रष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा नेपालले भने, ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

 

सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका बारेमा देखिएका विवाद समाधान गर्न निकालेको उपायका सम्बन्धमा जानकारी दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता जस्ताको जस्तै पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

 

प्रमुख सत्तारुढ दल कांग्रेसले एमसिसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएसँगै यो कार्यान्वयनमा प्रवेश गरेको र अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी संसद्मा आएको बताएको छ । सम्झौता अनुमोदन भएको अर्को दिन सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले अब सम्पूर्ण ध्यान आयोजना समयसीमाभित्र सम्पन्न हुनुपर्नेमा जोड दिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘एमसिसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरू गुणस्तरीय रूपमा निर्धारित समयमा निर्माण हुन सकून् । यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् । संसद्बाट पारित भएकाले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसद्मा पनि आएको छ ।’


एमसिसि र सत्ता परिवर्तन बारे शनिबार पनि नेताहरुको डौड्धुप जारी

१४ फाल्गुन २०७८: नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् ।

 

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा दुई धारमा बाँडिएको जसपामा शनिबार यस विषयमा निर्णायक छलफल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक शनिबार पनि जारी रहने भएको हो भने सो बैठकमा एमसीसीको विषयमा गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् । जसपाका नेता ईस्तियाक राईले शुक्रबारको बैठकमा अमेरिकासँग भएको एमसीसीको सम्झौतापत्र अध्ययनका वितरण गरिएको र त्यो सम्झौतापत्रका सन्दर्भमा आज नेताहरुले धारणा राख्ने बताए । नेताहरुको धारणापछि पार्टीले आवश्यक निर्णय गर्नेछ।

 

 

जसपामा अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई चाहिँ पक्षमा उभिएका छन् । पार्टीभित्र बढ्दो विवादका बीच जसपाले एमसीसीमा कस्तो निर्णय लिन्छ भन्नेमा चासोका साथ हेरिएको छ । सुरुदेखि नै यादव र भट्टराईबीचको विवादले फुट उन्मुख रहेको सो पार्टीमा एमसीसीले थप जटिलता पैदा गरेको नेताहरुको भनाइ छ ।

Comments Box