खानेपानी समितीको अध्यक्षमा पनि एमाले भर्सेस गठबन्धन; एमाले उम्मेद्वार विजयि



रुपन्देहीको देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका गुमानसिंह कुँवर निर्वाचित भएका हुन् । एमालेका कुँवरले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित गठबन्धनका मोतिलाल ढकाललाई पराजित गरेका हुन् ।

 

कुँवर यसअघि पनि उक्त संस्थाको अध्यक्ष थिए । कुँवर सँगै सबै पदमा  उनकै प्यानलका एमाले समर्थित उम्मेदवार विजयी भएका छन् । चुनावबाट उपाध्यक्ष अनिशा पौडेल, सचिव हरि पाण्डे र कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । सदस्यमा चक्रपानी न्यौपाने, अनिता कुँवर, उपेन्द्रराज पाण्डे, गौमती बुढाथोकी, रिमबहादुर ढेगा, विष्णुप्रसाद भट्टराई र रुकमाङगत भारती छन् ।

 

एमालेको नीति, सङ्गठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछ : महासचिव पोखरेल

१४ भाद्र २०७८ (रासस) :  नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ ।

 

 

महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाउनुभएको हो । माधवकुमार नेपालसहितका नेताले नेकपा ९एकीकृत समाजवादी० गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

 

महासचिव पोखरेलले नेकपा ९माओवादी केन्द्र० सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्को धु्रव क्रियाशील रहेको टिप्पणी गर्नुभयो ।

 

नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताउनुभयो । तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो रु भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, “म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।”

Comments Box