टी-२० विश्वकप छनोटमा नेपाल तेस्रो



नेपालले आईसिसी टी-२० विश्वकप छनोटमा तेस्रो स्थान हात पारेको छ। नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाचौँपटक ९ विकेटको जित हात पारेको हो। हालसम्म १० विकेटले भने विजयी हुन सकेको छैन।

 

नेपाली क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाचौँ अर्धसतक बनाएका छन्। नेपालले १६ ओभर २ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। कुशल ५५ रनमा अविजित रहे। उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सतक र ५ अर्धसतक बनाएका छन्। आरिफ शेख पनि २१ रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ८७ रनमा सिमित भएको थियो। ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८७ रन जोड्न सक्यो। नेपालका सन्दीप लामिछानेले ३, अविनाश बोहरा, आरिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीले एक-एक विकेट लिए। सन्दीपले चार ओभरमा १३ रन खर्चिए।

 

सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिडेका हुन्। अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए।

 

एकदिवसीय वरियतामा नेपालको सुधार

२९ भाद्र २०७८ (रासस ) :  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

 

आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो ।

 

ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो । एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन् ।

Comments Box