उर्जामा अत्याधिक विदेशी चासो; मन्त्री भुसालसँग विदेशी नियोगका प्रतीनिधिको भेटको शृङ्खला 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएपछी माओवादी केन्द्कि नेत्री पम्फा भुसाल लाई प्राय नेपालमा रहेका मुख्य मित्ररास्ट्र तथा साझेदार संस्थाका प्रतीनिधिहरुले भेटघाट गरेका छन ।



ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएपछी माओवादी केन्द्कि नेत्री पम्फा भुसाल लाई प्राय नेपालमा रहेका मुख्य मित्ररास्ट्र तथा साझेदार संस्थाका प्रतीनिधिहरुले भेटघाट गरेका छन ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उनीहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । सो अवसरमा भारतीय ऊर्जा सचिव कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरु सकारात्मक रहेको जनाउँदै उनले भने, ‘भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।’

 

काठमाडौँमा जारी बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उनले भने ‘मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।’ सचिव ओलकले अरुण तेस्रो तीव्र गतिमा अगाडि बढेको जनाउँदै , ‘मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।’

 

 

यसघी ४ श्रावण २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत क्वात्रले मन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै क्षेत्रमा सहकार्य हुने बताए ।

 

यसअघी पनि विभिन्न अरु देशका राजदुतहरुले औपचारिक अनौपचारि भेट गर्ने गरेका छन । यस्ता भेटहरुको पूर्ण विवरण बाहिर नआउँदा भेटमा ठ्याक्कै के विषयमा छलफल भयो र मन्त्रीस्तर कै भेट किन चाहियो भन्ने खुल्दैन ।

 

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग सोमबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्क । तस्बिरः नवीन पौडेल÷रासस , काठमाडौँ, १७ माघ

 

उर्जामन्त्री भुसालसँग विदेशी नियोगका प्रतीनिधिको भेटको शृङ्खला 

१७ माघ २०७८: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग सोमबार नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्क द्वारा मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन्।

 

साउन १५, २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन्। भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्त्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशूली थ्री ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्।

 

१८ श्रावण २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन्। भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराए। आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उनले बताए। राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिन समेत अनुरोध गरे। उनले उक्त आयोजना सम्पन्न गर्न सके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

२५ श्रावण २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ । सो अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत बेरीले ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन९एमसिसी० महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गर्नुभयो । एससिसी नयाँ कार्यक्रम नभएको र यस विषयमा आफूहरू स्पष्ट पार्न तयार रहेको बताउँदै भन्नुभयो, “एमसिसीबारे कुनै पनि कुरा प्रष्ट पार्न हामी तयार छौँ, यसको उद्देश्य सीप र ज्ञान हस्तान्तरण गर्नु हो ।”

 

भदौ १५, २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले आज शिष्टाचार भेट गरेका छन्। कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताए। उनले नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए। चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राखेका थिए। त्यसैगरी संसद्मा पेश भएको विद्युत् विधेयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो व्यक्त गरेका थिए।

 

असोज १ २०७८ मा मन्त्री भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन्। उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे। सो अवसरमा राजदूत अल–नाक्बीले मन्त्री भुसाललाई युएई सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे।

 

२०७८ कार्तिक, १८ मा मन्त्री भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । फ्रान्सका राजदूत बुरबाओले ऊर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा भित्र्याउनका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह  गरे । उनले वैकल्पिक ऊर्जा एवं ऊर्जा सञ्चितिका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको बताएका थिए ।

 

२०७८ कार्तिक, १८ मा भुसालसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गरे । युरोपेली सङ्घ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरु नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

Comments Box