११ फागुन, मनाङ (रासस) : २०७८ साल जेठको अन्तिम साता र मुख्यतय असार १ गते मस्र्याङदी नदी उर्लेपछि मनाङ जिल्लाको नासोँ गाउँपालिकामा रहेको ताल क्षेत्र डुवानमा प¥यो । बाढीका कारण घरबारविहीन मनाङका नासोँ गाउँपालिकाको सिरानताल र तालगाउँका विस्थापित नागरिक अझै टेन्ट र टहरामै बस्न बाध्य छन् ।
सिरानतालको सात र तालगाउँको ४३ घरधुरी अन्य सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोखिमयुक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित वासस्थानको खोजीमा भौँतारिएका स्थानीयवासीलाई हिउँदभित्रै घर बनाउने पिरलो भएको विस्थापितहरु बताउँछन् । बाढीपहिरा जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई पुर्खौली थातथलो छोड्नुपर्ने चिन्ता पनि उतिकै छ ।
गत मङ्सिरमा गण्डकी प्रदेश सरकारले दिएको रु दुई लाख र नासों गाउँपालिकाको रु एक लाखले टहरा बनाउन पनि नपुगेको बाढीपहिरा पीडितको गुनासो छ ।
स्थानीय तहले पनि बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा बस्ती स्थानान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस काम देखिएको छैन । वर्षायाम सुरु हुनु अगावै उनीहरूलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतीपूर्ण देखिए पनि सफल हुने विश्वास स्थानीय तहको छ । स्थानीयवासीको इच्छा विपरीत अन्यत्र स्थानान्तरण गर्ने कुराको पनि छलफल नभएको होइन । तर स्थानीयवासीको इच्छालाई टार्न नसक्दा उनीहरुले अहिले सोही ठाउँमा टीनको छानो बनाएर बसोबास थालेका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार सिरानताल क्षेत्रको भौगर्भिक अध्ययनको तयारी थालिएको र अध्ययनको नतिजापश्चात् यस क्षेत्रको संरक्षणका लागि थप व्यवस्थापन गर्ने तयारी रहेको छ । तालगाउँका अधिकांश जग्गाको नापी भएको छैन् । धेरै पहिले यहाँ व्यापारिक सहजताका लागि आएर मानिसहरु बस्न थालेको बताइएको छ । यहाँ आधा जति स्थानीयवासी तालमै बस्न इच्छुक देखिएका छन् ।
स्थनान्तरण की पुनःस्थापना ?
३२ श्रावण २०७८: ताल दशकौं अगाडी देखि मनाङको एक प्रमुख एक व्यापारिक क्षेत्रको रुपमा समेत परिचित छ । बेसीशहर चामे सडक सुचारु भएपछि पनि ताल क्षेत्र मनाङको चहलपहल हुने प्रमुख क्षेत्रकै रुपमा र¥यो । मस्र्याङदीको किनार मै रहेको यो बस्ती अरु दुई झरनाका कारण पनि मनोरम छ ।
असार १ मा मात्र होइन त्यसपछि पनि विभिन्न मितीमा ताल क्षेत्रमा बाढी उर्लीयो । बाढीको यो त्रासपछि अब ताल क्षेत्र पुनर्निर्माण गर्ने की यहाँका वासिन्दालाई स्थान्तरण गर्ने भन्ने प्रश्न खडा भएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा समिति र इन्जिनीयर सहितको टोली अवलोकनमा जाँदा समेत यो विषय गम्भीरताका साथ उठेको थियो ।
हिमाली क्षेत्रमा पानी भन्दा हिउँ धेरै प¥थ्यो र यस्तो बाढी कहिलै आएको थाहा नभएको स्थानीय बताउछन् । विश्वव्यापी जलवायु परिवर्तनले गर्दा उच्च हिमाली क्षेत्रमा अधिक पानी पर्न सुरु भएको हो भने ताल जस्ता क्षेत्र अझै जोखिमपूर्ण बन्ने विज्ञहरुको आंकलन छ ।
प्राकृतिक वितण्डाको आकस्मीक व्यवस्थापन भैं सकेको हुँदा सम्बन्धीत निकायहरुले यस्तो गम्भीर चासोका विषयमा ढिला नगरी तादारुकताका साथ काम गर्न आवश्यक छ ।
प्रथम संस्करण : ३२ श्रावण २०७८
परिमार्जित संस्करण: ११ फाल्गुन २०७८