२२ करोडको यार्सागुम्बा निर्यात; कम्बोडिया र रसियामा सबैभन्दा धेरै



भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिना (साउनदेखि माघ महिनासम्म) मा नेपालले २२ करोड ८९ लाख रुपैयाँका यार्सागुम्बा निर्यात गरेको छ ।

 

 

यो अवधिमा ३७७ किलो यार्सागुम्बा निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा धेरै कम्बोडियामा १४ करोड ३२ लाख रुपैयाँ बराबरको २२८ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यसबाहेक, रसियामा ६६ लाख ८४ हजार रुपैयाँको निर्यात भएको विभागले बताएको छ । सिंगापुर, थाइल्याण्ड, युक्रेन, अमेरिका र भियतनाममा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

 

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

२३ बैशाख २०७८: यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ । लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ ।

 

 

लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो । भागेर छल नजिक पुगेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिनुभयो । पक्राउ पर्नेहरु सबै जुम्लाका रहेका छन् । जगदुल्ला क्षेत्रतिर पनि पाटन जान खोज्नेहरुलाई मध्यवर्ती समितिले बाटोमा रोकेको सुनिएको र विस्तृत जानकारी प्राप्त नभएको निकुञ्जको भनाइ छ ।

Comments Box