पोखरामा कहिले पनि नदेखिएको भीषण असिनापानी



आइतबार पोखरामा भीषण असिनापानी परेको छ । असिनापानीले पोखराको सडक अवरुद्ध बन्न पुग्यो ।  न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै छोपेको थियो भने यातायात अवरुद्ध हुन पुग्यो ।  असिनाले जनजीवन साथै व्यापार व्यवसाय पनि प्रभावित भएको छ ।

 

 

प्रसिद्ध गाएक अमृत गुरुङ ले लेखेका छन्: यस्तो असिना त मैले पोखरामा कहिले पनि देखिन… के बिध्न असिना परेको आज …

 

दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ ।

 

 

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

१७ फाल्गुन २०७७: आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ ।

 

अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

 

जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उहाँले भन्नुभयो ।

 

पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।

Comments Box