अरुण नदीको बेलिब्रिज भाँचियो



सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो । आज दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

 

a]lnla|h efFlrof]
vfFbaf/L, @( df3 . ;+v’jf;efsf] dsfn’ ufpFkflnsf j8f g+ % sf] g’d / j8f g+ ! sf] jfn’ª hf]8g] a]lnla|h efFlrPsf] 5 . zlgaf/ lgdf{0f ;fdu|L af]s]sf] nf]j]6 tfg]{ qmddf efFlrPsf] xf] . t:jL/ M eljg sfsL{, /f;;

 

प्रजिअ खतिवडाका अनुसार निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा ट्रक पुल भाँचेपछि अरुण नदीमा खसेको बताउनुभयो । ट्रकमा सवार चालक र सहचालक भने सकुशल नै रहेको मकालु गाउँपालिका–५ का कार्यपालिका सदस्य पुरन याम्फुले बताउनुभयो ।

 

अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । पुलको भन्दा बढी क्षमताभन्दा सामग्री बोकेर एकै पटक तीनवटा ट्रक तर्ने क्रममा फुल भाँचिएको कार्यपालिका सदस्य याम्फुले बताउनुभयो । तीनवटै ट्रक हाइड्रो पावरको निर्माण सामग्री लिएर वालुङतर्फ गएको याम्फुले बताउनुभयो ।

 

पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीनवटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेको उहाँले बताउनुभयो । चालक र सहचालकलाई भने स्थानीयले उद्धार गरेका छन् । २०७५ सालमा इप्सुवा हाइड्रपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको हो ।

 

बेलिब्रिज जडानका लागि काम गरिँदै

१६ श्रावण २०७८, (रासस) : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा बेलिब्रिज जडानका लागि जग खन्न काम गर्दै मजदूर । बाढीले पुल भत्काएपछि यहाँ बेलिब्रिज जडानको काम शुरु गर्न लागिएको हो ।

 

तस्वीर : कृष्ण न्यौपाने÷रासस

Comments Box