खेलकुद महासंघको महाधिवेशन आयोजक कमिटी घोषणा; कमिटीमा प्रशिक्षक छिरिङ लाेप्साङ गुरुङ



नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन आयोजना गर्ने गरी १९९ सदस्यीय आयोजक कमिटी गठन भएको छ ।

 

 

हालै सम्पन्न बैठकले परशुराम बस्नेतको संयोजकत्वमा पार्टीको निर्देशिका बमोजिम १९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजन कमिटी गठन भएको महासंघका नेता प्रभातविक्रम कटुवालले जानकारी दिए । आयोजक कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने भएको छ । आयोजक कमिटीमा खेलकुद परिषदका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखेदेखि हालका सदस्य सुभास श्रेष्ठ, रेनुका श्रेष्ठ लगायत विभिन्न खेल विधाका व्यक्तिहरु समेटिएका छन् ।

 

हिमाल पारीको जिल्ला मनाङबाट : छिरिङ लाेप्साङ गुरुङ

केन्द्रीय महाधिवेशन आयोजन कमिटीमा हिमाल पारीको जिल्ला मनाङबाट प्रशिक्षक छिरिङ लाेप्साङ गुरुङ रहेका छन । गुरुङ अन्तरराष्ट्रिय स्तरका `क´ बर्गका लाईसेन्स बाहक प्रशिक्षक हुन । उनि यसअघी चर्चित मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष,महासचिब र सफल प्रशिक्षक रहिसकेका छन ।

 

Comments Box