कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत



नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उहाँलाई प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

 

 

सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उहाँलाई मनोनयन गरी उहाँको कार्य सफलताको कामना पनि गर्नुभएको छ ।

 

 

यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका डा महत गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी हुनुहुन्थ्यो ।

Comments Box