मनाङको हुम्डे झरनामा ‘आईस क्लाईम्बिङ’ सम्वन्धी तालिम सम्पन्न



मनाङ ङिस्याङ गा‍उँपालिका-वडा नं ४ हुम्डेमा रहेको ‘हुम्डे वाटरफल’मा आईस क्लाईम्बिङ सम्वन्धी तालिम सम्पन्न भएको छ ।

 

 

Photo by: Tashi Sherpa

 

नेपाल पर्वताराेहण प्रशिक्षण संघ द्वारा आयोजना भई नेपाल नेशनल माउण्टेन गाईड एसोसिएसन को सहयोगमा तालिम सम्पन्न भएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो ।

 

File Photo

 

घलेले भन्नुभयो, तालिममा ५ जना परिक्षार्थी र २ जना प्रशिक्षकहरु सम्लग्न थिए भने तालिम ९ दिनसम्म सन्चालन भएको थियो ।

 

तालिममा प्रशीक्षकहरुले आफ्नो अनुभव बाडेको र तालिम एक्दमै सफल भएको तासी शेर्पाले जनाउनु भएको छ । पहिले हिउँ खेल्न र रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मनाङ आउने गर्थे । कोभिड –१९ सङ्क्रमणका कारण पछिल्ला तीन वर्ष हिमपातले पर्यटन क्षेत्रलाई योगदान दिन सकेको छैन । हिउँ खेल्ने पर्यटक वृद्धि गर्नाका साथै जोखिममा पर्वतारोहणमा सहयोग पु¥याउने उद्देश्यले ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ ।

 

मनाङको हुम्डेमा नेपाल पर्वतारोहण सङ द्वारा २०३७ सालमा स्थापित मनाङ माउन्टेनरिङ स्कुल (Manang Mountaineering School) रहेको छ । यसका साथै नेपाल सरकारले २०७५ सालमा सशस्त्र प्रहरी – High Altitude and Mountain Rescue Training School स्थापनर्थ स्विकृती प्रदान गरेको थियो।

Comments Box