स्वास्थ्यमन्त्रीको भाषण मात्रै चर्को; खोप अभियान चाहिं अस्तव्यस्त



अधिकांश सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, उच्च ओहदाका कर्मचारी, नेता तथा मिडियाकर्मीले समेत तेस्रो मात्रा लुकीछिपी लगाइरहेको पाइएको छ । पहुँच हुनेले तेस्रो मात्रा लगाइसक्दा पनि सरकारी संयन्त्रले भने पहिलो र दोस्रो मात्रा लगाएकाहरूको रेकर्ड दुरुस्त राख्न सकेको छैन ।

 

बिहीबारसम्मको तथ्यांक हेर्दा कुल जनसंख्याको ५०.९ प्रतिशतले एक मात्रा खोप लगाएका छन् भने पूर्ण खोप लगाउने ३८.५ प्रतिशत मात्र छन् । लक्षित जनसंख्याको ७७.६ प्रतिशतले पहिलो र ५८.७ प्रतिशतले पूर्ण खोप लगाएका छन् । पहुँचवालाले लुकीछिपी खोप लगाइरहेकाले सरकारको यो तथ्यांकलाई सही मान्न सकिन्न । किनकि तेस्रो मात्रा लगाए पनि उनीहरूले पहिलो वा दोस्रो मात्रा लगाउन आएको भनेर ढाँटेका छन्, जसले तथ्यांकमै गडबडी देखिन्छ ।

 

 

२०७८ मंसिर २० गते नै एक अन्तरवार्ताका क्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडाले वुस्टर डोज ल गाउने सैदान्तिक तयारी भएको बताएका थिए ।तर बुस्टर डोज त के पहिलो र दोस्रो डोजको खोप व्यवस्थापन नै भद्रकोल छ ।

 

 

 

प्रणालीमा प्रविष्ट गरेको विवरण रुजु गर्ने व्यवस्था छैन 

सरकारले अनिवार्य अनलाइन दर्ता गर्न भने पनि केन्द्रमा दर्ता भएको नाम भेरिफाई गर्ने सिस्टम भने छैन । सेवाग्राहीले लिएर गएको अनलाइन फाराम हेरेकै भरमा भटाभट खोप दिइँदै छ । कुन व्यक्तिले कति मात्राको खोप लगाउँदै छ भन्ने संयन्त्रै नहुँदा खोप अभियान अस्तव्यस्त बनेको छ ।

भारतमा पनि खोप लगाउनका लागि ‘कोविन’ नामक अनलाइन पोर्टल छ, जसमा दर्ता नगरी खोप लगाउन पाइँदैन । सबैजसो देशले अनलाइन दर्ता गरेर मात्र खोप लगाउने नियम बनाएका छन् । तर नेपालमा भने प्रणालीमा प्रविष्ट गरेको विवरण रुजु गर्ने व्यवस्था छैन । लुकीछिपी आफूखुसी खोप लगाउनेको संख्या बढ्दै गएको छ ।

 

खोप छ, सिरिन्ज छैन

27 Dec 2021

खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

 

फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

 

 

 

Comments Box