ग्रामीण जिवन – अफ्ट्यारहरु (तस्बिरहरु)



ग्रामीण जिवन

बेनी, २४ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको बगर स्थित चरन क्षेत्रमा जान म्याग्दी नदिमा वारपारका लागि बनाइएको अस्थायी साँघुमा भेडा तार्दै गरेका भेडिगोठाला । तस्वीर ः कमल खत्री

 

कञ्चनपुर, २४ पुस ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रबाट खरको भारी बोकेर घर तर्फ जादै गरेका मध्यवर्ती क्षेत्रका बासिन्दा । निकुञ्जबाट ल्याईएको खरबाट स्थाानिय बासिन्दाले घरको छाना बनाउनका लागि प्रयोगमा ल्याउने गर्दछन । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु,रासस

 

डोल्पा, २४ पुस ः पिठयुमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुडकेचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलङ्गे पुल नहुँदा स्थानीयहरु दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन । तस्वीर ः रामचन्द्र न्यौपाने÷रासस

 

म्याग्दी, २४ पुस ः म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानीमा आरनमा हँसिया बनाउँदै पदमबहादुर विक । पदमबहादुरले १५ वर्षदेखि आरन व्यवसायबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

 

 

याक गोठ र आलु

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा क्षेत्रमा याक गोठालो बस्ने गोठ ।

 

 

समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७, याङमाका किसानले भर्खरै बारीमा रोपेको आलु ।

यहाँको मुख्य बाली आलु किसानले असारमा रोपेर कात्तिकमा खन्ने गर्दछन् । हिउँका कारणले यस क्षेत्रमा आलुबाहेक अन्य खेती हुदैन ।