बालुवाटार जग्गा प्रकरण : पक्राउ पर्लाल विजय गच्छादार ?



बालुवाटार जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाउनै लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको ब्युरोका निर्देशक धिरजप्रताप सिंहले बताए।

 

 

 

पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन्। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन्।

 

 

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उप-सभापतिमा उम्मेदवारी दिएका विजयकुमार गच्छदार २ मतले पराजित भएका छन्। यसअघि कांग्रेसमै रहेका गच्छदार पार्टीमा असन्तुष्टि जनाउँदै मधेसी जनअधिकार फोरमहुँदै आफ्नै नेतृत्वको पार्टी फोरम लोकतान्त्रिक गठन गरेका थिए। प्रतिनिधिसभाको पहिलो चुनावअघि गच्छदारले लोकतान्त्रिक फोरमलाई कांग्रेसमा बिलय गरेका थिए। पुनः कांग्रेस फर्किएका गच्छदार उपसभापति बनेका थिए।

 

 

विजय कुमार गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए। उप-प्रधान एबं भौतिक योजना तथा निमार्ण मन्त्री समेत हुने मौका पाए।

 

 

Comments Box