मनाङ प्रहरीद्वारा हिमपात पछी बेपत्ता भएका किसान मृत फेला



हिमपहिरोमा परेर ४ दिनदेखि हराइरहेका किसान मृत अवस्थामा भेटिएको जानकारी दिन जिल्ला प्रहरी कार्यालय मनाङले लेखेको छ:

 

“मिति २०७८।०९।१४ गते जिल्ला मनाङ नासों गा.पा ४ ओडार बस्ने गम्भिरजंग गुरुङ को छोरा बर्ष अं ५३ को (आजुङ लाटा) भन्ने आच्यु गुरुङ तपकी स्थित भेडी गोठ बाट घर फर्कने क्रममा ऐ.ऐ दफाडि जंगलमा हिउँपहिरोमा परी हराई सम्पर्क बिहिन भएकोमा खोज तलास गर्ने क्रममा सिमा प्रहरी चौकी धारापानी मनाङबाट प्र.ना.नि.सिताराम धमालाको कमाण्डमा खटि गएको टोलिले आज मिति २०७८।०९।१८ गते १२;३० बजेको समयमा नासो गा.पा.-०४ फ्लेमरो जंगल स्थित रउ भिरमा हिउले पुरि मृत्यु अवस्थामा फेला पारेको, ऐ.१८;२० बजेको समयमा लाश मुचुल्का कार्य पश्चात पो.मा को लागि ग १ ज ६४३७ नं को गाडिमा लमजुङ जिल्ला अस्पताल बेसिशहर पठाएको ।

 

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार ४ दिनदेखि हिमपहिरोमा हराइरहेका उनको शव गाउँमाथिको जंगलमा हिउँले पुरिएको अवस्थामा धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले फेला परेको हो ।

 

 

डीएसपी खड्काका अनुसार धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नासों गाउँपालिका ४, ओडार गाउँमाथिको फ्लेमरो जंगलस्थित रउ भीरमा हिउँले पुरेको र मृत अवस्थामा फेला परेको हो ।

 

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट १६ किलोमिटर दक्षिण र सीमा प्रहरी चौकी धारापानीबाट करिब ८ किलोमिटर दक्षिणपश्चिम पर्ने उकालो ठाउँमा रहेको छ भने गाउँबाट डेढ घण्टा माथि रहेको छ ।

Comments Box