काठमाडौंका कुकुर र बिरालाको बन्ध्याकरण गरिँदै

काठमाडौंमा मात्रै २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा कुकुर



काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई खोप लगाउने तथा बन्ध्याकरण गर्ने तयारी थालेको छ। महानगरले आफ्नो कार्य क्षेत्रभित्रका कुकुरलाई खोप लगाउने र  बन्ध्याकरण गर्ने तयारी थालेको हो। यो कामका लागि महानगरपालिकाले इच्छुक संघसंस्थालाई आह्वान गरेको छ। पुस १३ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० का लागि काम गर्न इच्छुक संघ संस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखामा सम्पर्क गर्न भनिएको छ।

 

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय रुपैयाँ प्रति गोटा र खोप भ्याक्सिनको मात्र २ सय रुपैयाँ प्रति गोटा रहेको सूचनामा उल्लेख छ।

 

इच्छुकले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागज तथा सम्झौता भए त्यसको प्रतिलिपि, साधन तथा उपकरणको विवरण, संघ संस्था दर्ता तथा नवीकरण भएको प्रमाण पत्र, विधानको प्रतिलिपि, काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत भएको पत्र, संस्थाले अहिलेसम्म कुकुर र बिरालोको भाले पोथी दुवैको बन्ध्याकरण गरेको संख्या लगायत विवरण र कार्ययोजनासहितको प्रस्ताव बुझाउनुपर्नेछ।

 

संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाण पत्र, पशु ओसार पसार गर्न प्रयोग हुने सवारी साधनको ब्लुबुक र भाडाको भए सम्झौताको प्रतिलिपि, कुकुर बिरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव पेश गर्नुपर्ने छ। यस्तै संस्थाले बन्ध्याकरण तथा खोप कार्यका लागि कति योगदान गर्न सक्छ, यस सम्बन्धी प्रतिवद्धता प्रस्तावका साथमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।  यसअघि ह्युमन सोसाइटी इन्टरनेशनल र द जेन गुडल इन्ष्टिच्युटको सहकार्यमा ‘मनुमित्र’ कार्यक्रम सञ्चालन भइरहेको छ।

 

अहिले सामुदायिक कुकुरहरु खाना नपाएर कुपोषित भएको, छालाजन्य रोगले ग्रस्त भएको, दुर्घटनाबाट अंगभंग भएका जस्ता समस्यामा छन्। उनीहरु बेला बेलामा मानिस र सवारी साधनप्रति आक्रामक बन्दा मानिस दुर्घटनाको जोखिममा छन्। कुकुरको टोकाइपछि रेविजविरुद्धको खोप लगाउन जानु पर्ने अवस्थाले अस्पतालहरुमा चाप बढ्ने गरेको छ।

 

काठमाडौंमा मात्रै २२ हजार भुस्याहा (सामुदायिक) र झन्डै ५० हजार घरपालुवा कुकुर छन्। काठमाडौं महानगरपालिकाले २०७८/७९ मा बन्ध्याकरण गर्न र खोप लगाउन डेढ करोड बजेट विनियोजन गरेको थियो। नेपालमा कुकुरले टोकेर २०७६/७७ मा ५२ हजार ६१० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेका छन्।


 

हिमालको काखमा कुकुरको बन्ध्याकरण किन ?

१० बैशाख २०७९, शनिबार: तपाईको घर वरिपरी या भनौँ चोकचोकमा ठूलो संख्यामा भूस्याहा कुकुरको जमात देख्नु भएको होला । त्यही भूस्याहा कुकुरको जमातले रात परेपछी होहल्ला मच्चाउनुको साथ साथै बिहान सबेरै र रातीको समयमा टोक्न गएर हिँड्न पनि डराउनुपर्ने अवस्था छ । यो समस्या तपाई हामी सबैले भोग्दै र देख्दै पनि आएका छौँ । तर, सहरी क्षेत्रमा मात्रै नभई मानिसको बस्तीनै कम रहेको हिमाली क्षेत्रहरुमा पनि यी भूस्याहा कुकुरको संख्यामा वृद्दि भई यिनीहरुले निम्त्याउने समस्या पनि बढ्दो छ । यिनीहरुको संख्यामा वद्दि आउनु पछाडीको कारण र यसले ल्याउने प्रभावको बारेमा जानकार हुनुहुन्छ ?

 

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका ७० भूस्याहा कुकुरहरुलाई बन्ध्याकरण, खोप लगाउने र न्युटरिङ गर्ने कार्य सम्पन्न गरिएको छ । यो क्षेत्रमा अनियन्त्रित रुपमा भूस्याहा कुकुरको संख्या नियन्त्रण गर्ने काम विगत ७ वर्ष देखि गरिँदै आएको छ । अब तपाईहरुले फेरि सोच्नु होला कि मनाङको भूस्याहा कुकुरको प्रसंग यहाँ किन ल्याएको होला भनेर, काठमाडौँमा भूसिया कुकुरको संख्या बढ्नुमा मनाङ लगायत हिमाली क्षेत्रमा रहेका कुकुरहरुको संख्या वृद्दि हुनु पनि एक प्रमुख कारण हो ।

 

मनाङ्मा जन्मिएका Mukhiya Snowmonkey विगत ३ दशकदेखि टे«किङ र वन्यजन्तु फोटोग्राफी पेशा गर्दै आइरहनु भएको छ । काम गर्ने क्रममा उहाँले हिमाली क्षेत्रमा भूस्याहा कुकुरलाई ढुङगाले हानेर मार्ने देखि विभिन्न रोगहरु कुकुर मार्फतनै वन्यजन्तुमा सर्ने गरेको र तिनीहरुको बढ्दो संख्या नियन्त्रण गर्नुपर्छ भनेर यी कुकुरहरुको बनध्याकरण, खोप र स्वास्थ्यमा काम गर्न थाल्नुभएको हो । यो कामले निरन्तरता पाएको करिब ७ वर्ष भएको छ ।

 

मट प्रोजेक्ट र हिमालयन रेस्क्यू नामक संस्थाले लामो समय देखि यी भूसियाह कुकुरको संख्या नियन्त्रण देखि खोप लगाउने सम्मको कार्य गर्दै आइरहेका थिए । तर, कोभिडको कारण यी संघ संस्थाले सक्रिय रुपमा काम गर्न नपाउँदा ती कुकुरहरुको संख्यामा ह्वात्तै वृद्दि भएको थियो । संख्या वृद्दि हुँदा ती कुकुरहरुले खान नपाउने, मारिने, विभिन्न रोगहरु फैलिने, त्यहाँका स्थानियलाई टोक्ने, बालिनाली नाश गर्ने जस्ता क्रियाकलाप बढेपछी समुदायकै पहमा संस्थालाई बोलाई बन्ध्याकरण गर्ने कार्यलाई निरन्तरता दिन स्थानियले आग्रह गरेका हुन् ।

 

हिमाली क्षेत्रका यी कुकुरहरुलाई ट्रेकिङमा जाने पर्यटहरुले बोकेर ल्याउनाले र यि कुकुरहरुको स्याहार गर्न नसकेपछी सडकमा छोडिदिनाले पनि शहरी क्षेत्रमा भूस्याहा कुकुरको संख्या वृद्दि हुन गएको हो । यसरी हिमाली क्षेत्रमा कुकुरको संख्या अनियन्त्रित हुँदा वन्यजन्तुलाई प्रभाव पार्ने हुँदा यसको नियन्त्रण गर्न जरुरी देखिन्छ । यसरी बन्ध्याकरण गर्ने क्रममा भने राम्रो र नराम्रो प्रजातिको कुकुरहरु छुटाइन्छ । राम्रो ब्रिडलाई भने बन्ध्याकरण गरिँदैन ।…

Comments Box