माओवादीको राष्ट्रिय सम्मेलन; १५३३ प्रतिनिधि, कुनै पनि दललाई निम्तो छैन



काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता कृष्णबहादुर महराले पार्टीले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा नवुझ्न आग्रह गरे ।

 

 

माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ ।

 

 

आयोजकबाट १७९, सल्लाहकार समूहबाट १४९, जेष्ठ कम्युनिस्टबाट १२५, केन्द्रीय आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधिहरुबाट ८०३ र मनोनित ७३ जना गरी कूल १५३३ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।

 

 

पार्टीले राष्ट्रिय सम्मेलनलाई तामझाम नदेखाउने गरी तयारी गरेको छ । सम्मेलनमा स्वदेश तथा विदेशका कुनै पनि राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती नहुने  प्रवक्ता महराको भनाइ छ ।

 

लोगोभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक भएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरिएको हो ।
गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छाया चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।
सबैभन्दा पुछारमा धार्मिक र ऐतिहासिक सम्पदाको परिचय दिनेगरी मन्दिर, गुम्बा, चर्च र धरहराका चित्रहरु राखिएका छन् ।
राष्ट्रिय सम्मेलनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति, वैचारिक डकुमेन्ट लेखिरहेको भन्दै उनले सम्मेलनमा पार्टीको हालसम्मको गतिविधिको गम्भिर समीक्षा गर्ने बताए ।
Comments Box