‘औषधिको मूल्यवृद्धि गरिएको छैन’



२७ मंसिर (रासस) :  नेपाल औषधि व्यवसायी सङ्घले आफूखुशी औषधिको मूल्यवृद्धि नभएको स्पष्ट पारेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यममा औषधिको मूल्यवृद्धिसम्बन्धी समाचारमा सङ्घको नामसमेत उल्लेख भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

 

 

सङ्घले समाचारमा उल्लेख भएका कतिपय तथ्यहरूप्रति सङ्घ असहमति राख्दै तथ्यपूर्ण समाचार सम्प्रेषणका लागि अनुरोधसमेत गरेको छ । ‘औषधि ऐन, २०३५ मा आवश्यक देखेमा नेपाल सरकारबाट औषधिको मूल्य निर्धारण गर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार हाल देशमा ९६ प्रकारका औषधिका मूल्यसमेत निर्धारण गरिएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

सङ्घले नेपाल सरकारले मूल्य निर्धारण गरेका बाहेक अन्य औषधिको मूल्य उत्पादक आफँैले निर्धारण गर्ने प्रचलनअनुसार देशमा पनि आयात गरिने औषधिमा सरकारले तोकेबाहेक अन्यमा उत्पादक कम्पनीले, उत्पादित देशमा भन्दा एमआरपी बढी नहुने गरी आयात गरिरहेको सम्पूर्णमा अनुरोध गरेको ।

 

 

सङ्घले विद्यमान कानुनी व्यवस्था र यथार्थताभन्दा टाढा रहेर प्रकाशन÷प्रसारण भएका समाचारमा सत्यता नभएको बताउँदै औषधिजस्तो अति संवेदनशील विषयमा समाचार सम्प्रेषण गर्दा गम्भीर अध्ययन, खोज र विश्लेषण गरिदिनु हुन अपिल गरेको छ ।

Comments Box