वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले स्थापनाकालदेखि नै राष्ट्रिय अनुशासन, नेतृत्व, भ्रातृत्व, राष्ट्रिय एकताको भावना, आत्म विश्वास एवं निस्वार्थ सेवाभाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यले नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिदै आएको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
![](https://tilichonews.com/wp-content/uploads/2021/12/KrishnaNeupane_Damauli_RSS_27_BarahiNCCphoto.jpg)
राष्ट्रिय सेवा दलले दिइरहेको तालिममा विद्यार्थीहरुको आकर्षण बढेको छ ।अनुशासित, वफादार र नेतृत्व दिन सक्ने देशभक्त स्वयम् सेवक जनशक्ति एवं सक्षम नागरिक तयार पार्ने उदेश्यले राष्ट्रिय सेवा दलले कक्षा ७ देखि माथि अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न तालिमहरु दिइरहेको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
देश निर्माण कार्यमा सक्रिय भूमिका निभाउनको लागि विभिन्न जिल्लावाट छनौटमा परेका बिद्यार्थीलाई नेपाली सेनाले शारिरिक तालिम, ड्रिल, सैनिक कला, हाईकिङ्ग, एरोविक्स, हतियारबारे जानकारी र साहसिक तालिम सिकाइ रहेको छ ।
Comments Box