लुटिने र ठगिने दिन आउँदैन : मन्त्री श्रेष्ठ



२४ मंसिर (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “क्षमताअनुरूप जुनसुकै जिल्लाका नागरिक विदेश जान सक्छन् । विदेश जाने नाउँमा लुटिने र ठगिने कार्यलाई निरुत्साहित गरेछु , उन्मुक्ति दिइने छैन । ठगलाई तह लगाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”

 

श्रमजीवि र विदेशमा जाने श्रमिकको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उहाँले नेपालबाट ९७ प्रतिशत युवायुवती बिना सीप वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसो नगर्न आग्रह गर्नुभयो । विदेशमा जाने युवाका लागि अहिले सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

 

 

मङ्सिर २४ गतेदेखि पुस ३ गतेसम्म व्यासनगरपालिका–५ बेनीपाटनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवका मूल संयोजक विदेश पवन चुमी थापा मगरले जानकारी दिनुभयो । करिब रु ५५ लाखको कारोबार हुने र रु ४८ लाख खर्च कटाएर रु सात लाख मुनाफा गर्ने अपेक्षा गरिएको छ ।

Comments Box