नेता भट्टराईद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा



२४ मंसिर (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले १४ आंैं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

 

शुक्रबारदेखि राजधानीमा सुरु भएको महाधिवेशनमा उहाँले खसआर्यतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष उहाँले महाधिवेशन प्रतिनिधिसँग भेटघाट सुरु गरिसक्नुभएको छ । तनहुँको व्यास नगरपालिका–११ निवासी उहाँ विसं २०७४ मङ्सिर २१ गते प्रदेशसभा निर्वाचनको उम्मेदवार समेत बन्नुभएको थियो ।

 

जनसम्पर्कका अगुवाका अलावा अन्य नेता कार्यकर्ताबाट समेत प्राप्त साथ र हौसलाले आफूलाई अघि बढ्न प्रेरणा मिलेको नेता भट्टराईको भनाइ छ । उहाँले निष्ठाको राजनीतिको वकालत गर्दै मजबुत कांग्रेस, सुदृढ लोकतन्त्र अनि न्यायपूर्ण आर्थिक विकास नारा लिएर मैदानमा उत्रने तयारी गरेको बताउनुभयो ।

Comments Box