माओवादीमा न्यायाधीश र निर्वाचन आयोग को प्रमुख भैइसकेका व्यक्ती !



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गठन गरेको ३३ विभागहरुमा पूर्वप्रमुख निर्वाचन आयुक्त, पूर्वन्यायाधीशदेखि नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्षसम्म रहेको सुची आन्तरिक सर्कुरल मार्फत जारी गरिएको छ ।

 

 

आन्तरिक सर्कुलरको बुँदा ८ मा निर्वाचन विभाग गठन गरिएको उल्लेख छ । उक्त विभागको अध्यक्ष खिमलाल देवकोटा छन् भने उपप्रमुख पद रिक्त छ । निर्वाचन विभागको ९ औं सदस्यमा डा. यादवको नाम उल्लेख छ । उनको नामसँगै कैफियतमा ‘पूर्व प्रमुख निर्वाचन आयुक्त’ भनी लेखिएको छ । पूर्व आयुक्त सुधीर शाहलाई पनि माओवादीले निर्वाचन विभागको सदस्य बनाएको छ ।

 

 

निर्वाचन आयोगको नेतृत्वमा बसेको र राजनीतिक रुपमा तटस्थ हुनुपर्ने संवैधानिक निकायका पूर्वपदाधिकारीलाई माओवादी केन्द्रले आफ्नो विभागको सदस्यमा नियुक्त गरेकेा हो ।

 

कानून, न्याय तथा मानव अधिकार विभागको सदस्यमा पूर्वन्यायाधीश भी.चौलागाई समेत छन् । उनी उच्च अदालत पाटनका पूर्वन्यायाधीश हुन् कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ पनि माओवादी केन्द्रले गठन गरेको कानून विभागमा समेटिएका छन् ।

 

 

कानून, न्याय तथा मानव अधिकार विभागको प्रमुखमा मुक्तिनारायण प्रधान छन् । प्रधान पूर्वमहान्यायाधीवक्ता हुन् ।

 

 

यती मात्र होईन सुची मा प्रध्यापक्, शिक्षक हरु पनि छन ।

 

Comments Box