नेकपा एमालेले आफ्नो दसौँ महधिवेशन पछि, महधिवेशन निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई स्थायी कमिटीमा लैजानुपर्नेछ ।
ध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् ।
यि हुन सम्भावित स्थाई समिती सदस्यहरु:
अघिल्लो स्थायी कमिटीका सदस्य (स्वतः)
रघुजी पन्त
घनश्याम भूसाल
किरण गुरूङ
मणि थापा र
भीम आचार्य
यि बाहेक
शेरबहादुर तामाङ,
राजन भट्टराई,
किरण गुरुङ,
बैजनाथ चौधरी,
कर्ण थापा,
अरुण नेपाल,
शिवमाया तुम्बाहाङ्फे,
काशीनाथ अधिकारी,
परशुराम मेघी गुरुङ,
अग्नि खरेल,
गोकुल घर्ती र
गोरख बोगटी
एमालेले मंसिर २६ र २७ गते बोलाएको पार्टी केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी र पोलिटव्यूरो कमिटी गठन गर्ने तयारी गरेको छ ।
एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।
तत्कालीन उपाध्यक्ष भीम रावलले भने केन्द्रीय सदस्यको समेत शपथ नलिने बताइसकेका कारण उनलाई ओलीले स्थायी कमिटीको लिस्टमा राखेका छैनन् ।