जाडो मौसमका लागि नेपालको पहिलो ‘विन्टर वार्मर बियर’ !



गोर्खा ब्रुअरीले जाडो मौसमका लागि नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मुन’ ल्याएको छ। यो विन्टर वार्मर बियर नेपालको कठ्यांग्रिने जाडोका लागि निकै नै उपयुक्त छ।

 

 

 

फायर मुन एउटा विन्टर वार्मर क्राफ्ट बियर हो, जसमा बियर पिउँदा शरीरलाई न्यानो पार्न मद्दत गर्ने उत्कृष्ट बासना भएको मसलाको स्वाद छ। हप्स, माल्ट र यिस्टबाहेक यस विन्टर वार्मर बियरमा ल्वाङ, सुकुमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसला रहेका छन्।

 

 

अन्य बियरभन्दा यो बियरलाई सहजै पिउन सकिन्छ र यसको मजा चिसो नबनाई कोठाको तापक्रममा पनि लिन सकिन्छ। यसको रङ उत्कृष्ट छ र यो सुगन्धित मसलाले भरिपूर्ण छ। यसले जाडो मौसममा न्यानो दिने काम गर्छ।

 

 

५ प्रतिशत अलकोहलका साथ फायर मुन ३३० मिलिलिटरमा प्रति बोतल १ सय ८० रूपैयाँमा उपलब्ध छ। यो बियर पुल–अफक्यापको साथ आउँछ, जसले गर्दा उपभोक्ताले सजिलै बोतल खोलेर जहाँ पनि स्वाद र सुगन्धको अनुपम मिश्रण भएको स्पाइस्ड–अपबियरको मजा लिन सक्छन्।

 

 

Comments Box