बाढीपहिरो पीडितलाई आर्थिक सहयोग



१२ मंसिर (रासस) :  हिमाली जिल्ला मनाङका बाढीपहिरो पीडितलाई राहतस्वरूप रकम वितरण गरिएको छ । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रायलले यहाँका बाढीपहिरो पीडितलाई घर निर्माणका लागि रकम हस्तान्तरण गरेको हो । प्रतिघरधुरीलाई रु दुई लाखका दरले मनाङका ७४ घरधुरीलाई राहत रकमस्वरूप घर बनाउन उक्त रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार प्रतिघरधुरी रु दुई लाखका दरले रु एक करोड ४८ लाख विशेष राहतअन्तर्गत रकम वितरण गरिएको छ । “बाढीपहिरोबाट पूर्ण क्षति पुगेका घर परिवारका लागि राहतस्वरूप रकम वितरण गरिएको हो । आंशिकरूपमा क्षति पुगेका घर परिवारलाई राहत दिने विषयमा टेवल हुन बाँकी रहेकाले पूर्ण क्षति पुगेका घर परिवारलाई मात्र यो विशेष प्याकेजका रूपमा राहत वितरण गरिएको छ”, प्रजिअ आचार्यले भन्नुभयो ।

 

पूर्ण क्षति पुगेका घर परिवारलाई प्रदेश आर्थिक मामिलामन्त्री रामजी बरालले आज बाढीपहिरोले क्षति पुगेको स्थलमा पुगेर राहत हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले विशेष प्याकेजका रूपमा प्रदान गर्ने भनेर घोषणा गरिएको रकम वास्तविक बाढीपहिरो पीडितसमक्ष पु¥याउने लक्ष्यका साथ प्रदान गरिएको बताउनुभयो । उहाँले विशेष प्याकेजको यो रकमले घरबार पूर्ण क्षति भएका परिवारलाई राहत पुग्ने विश्वास लिनुभयो । ढिलै भए पनि यहाँका जनताको घाउमा मलम लगाउने कार्य गरिएको उहाँले बताउनुभयो ।

 

पर्यटकीय क्षेत्र मनाङको कोरोनासँगै बाढीपहिरोले क्षति पु¥याउँदा प्रदेशको आर्थिकस्तरमा प्रभाव पारेको उहाँको भनाइ थियो । यसको विकासका लागि सरकार प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । तत्काल राहत पु¥याउन मुस्किल भए पनि ढिला गरी बाढीपहिरो समक्ष पु¥याउन सकिएको उहाँले बताउनुभयो ।

 

प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले पर्यटन, सामुदायिक आवास, निजी आवासलगायत विभिन्न किसिमका क्षेत्रमा क्षति पुगेकाले सहयोगका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले मनाङको क्षतिको पूर्ति गर्नका लागि आवश्यक स्रोतको खोजी कार्य भइरहेको बताउनुभयो ।

 

बाढीपहिरोका कारण मनाङको पर्यटकीय क्षेत्रमा जति पर्यटक भित्रिनुपर्ने हो, त्यति मात्रामा भित्र्याउन नसकिएको उहाँको भनाइ थियो । यस जिल्लाको मुख्य आम्दानी नै पर्यटन क्षेत्र भएकाले यसलाई उठाउने कार्यमा लाग्न आवश्यक रहेकोले प्रदेश सरकार पनि लागि परेको घलेले बताउनुभयो ।

 

गत जेठ १४ र असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढापहिरोले जिल्लाका निजी आवासमा पूर्ण क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको हो । मनाङमा बाढीपहिरोले क्षति पु¥याएपश्चात मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष प्याकेजका रूपमा राहत पीडितसमक्ष पु¥याउने घोषणा गर्नुभएको थियो ।

 

सोही अनुरूप प्रदेश सरकारले राहत जनतासामु पु¥याएको हो । आंशिक क्षतिको आवश्यक मात्रामा तथ्याङ्क सङ्कलन गरी राहतको व्यवस्थापन गर्ने गण्डकी सरकारको लक्ष्य रहेको जनाएको छ ।

Comments Box