संरक्षण क्षेत्रमा ड्रोन आतङ्क



कृषि, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, कलासंस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा तथा आम सञ्चार जस्ता विषयमा अध्ययन अनुसन्धान, सूचना सम्प्रेषण र सर्वेक्षण आदिका लागि ड्रोन उपयोग गर्ने व्यक्ति, संघ र संस्थालगायतका निकायले नेपाल नागरिक उड््यन प्राधिकरणको अनुमति लिनुपर्ने हुन्छ। यस्तै ड्रोन उपरकण प्रयोग गर्नुअघि सम्वन्धित क्षेत्रको स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने हुन्छ।

 

तर अनुमती नै न लिई ड्रोन सन्चालन गर्ने कार्य वढ्दै गैईरहेको छ ।

 

ड्रोनसम्वन्धी कार्यविधि २०७५ मा उल्लेख भएअनुसार यदि कुनै व्यक्ति वा संघ/संस्थाले ड्रोन क्यामेरा प्रयोग गर्दा १८ वर्ष उमेर पुगेको हुनुपर्ने, उडान उपकरणसम्बन्धी ज्ञान भएको हुनुपर्ने, संरक्षित र नियन्त्रित क्षेत्रको बारेमा जानकारी हुनुपर्ने र मानव बस्तीभन्दा बाहिर उडान गर्नुपर्नेलगायतका विभिन्न नियम उल्लेख गरिएको छ।

 

मुस्ताङमा एक विदेशी र अर्को एकजना नेपाली पर्यटकको दुई थान मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा)जिल्ला प्रहरी कार्यालय मुस्ताङले जफत गरेको छ। जफत गरेको उक्त ड्रोन प्रहरीले जोमसोम नागरिक उड्डयन कार्यालय मुस्ताङलाई बुझाएको छ।

 

शुक्रबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी माथिको सेल्फी पार्क र थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन इजाजत र प्रशासनको अनुमतीबिना उडाउँदै गरेको अवस्थामा नेपाली र विदेशी पर्यटकले प्रयोग गरेको ड्रोन क्यामेरा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडकको सेल्फी पार्कमा भारतको हैदरावादबाट मुस्ताङ घुम्न आएका ३२ वर्षीय भारतीय पर्यटक नागराज वाकेटीको ७५० ग्राम तौल भएको ड्रोन क्यामेरा बरामद गरी जफत गरिएको हो।

 

ड्रोन इजाजत नभएको र स्थानीय प्रशासनबाट ड्रोन उडान अनुमतीपत्रसमेत नलिइ एक्लै ड्रोन उडाउँदै गरेको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयबाट सूचना प्राप्त भएपछि कागबेनी प्रहरी चौकीले भारतीय पर्यटक वाकेटीलाई ड्रोन क्यामेरासहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा पेश गरेको थियो। भारतीय पर्यटकको ड्रोन जफत गरेर सोधपुछ गरी प्रहरीले छोडेको थियो।

 

यस्तै, शुक्रबार नै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा ड्रोन उडाउँदै गरेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका घर भइ मुस्ताङ घुम्न आएका २९ वर्षीय स्वासत खरेलको २४९ ग्राम तौल भएको ड्रोन प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले पनि ड्रोन इजाजत र प्रशासनको उडान अनुमतिपत्र नलिएकाले प्रहरीले ड्रोन क्यामेरा जफत गरेको हो।

 

चालु आर्थिक वर्षमा मुस्ताङमा मानवरहित हवाई उपकरण (ड्रोन क्यामेरा) उडाउन ९ जनाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लिखित अनुमति लिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। उनका अनुसार ड्रोन उडानका लागि अनुमति लिन आउनेलाई ड्रोन ईजाजतपत्र भए नभएको प्रमाणित गरेर मात्र अनुमति दिने गरेको बताए।

Comments Box