प्रधानन्यायाधीश जबरा को ‘ग्रेसफुल एक्जिट’; कती सम्भव ?



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को मार्गचित्र सर्वोच्च अदालतका तीन जना न्यायाधीशसँग ‘सेयर’ गरेको समाचार आजको कान्तिपुरा दैनिका मा प्रकाशिता गरिएको छ । प्रधानन्यायाधीश जबराले ‘ग्रेसफुल एक्जिट’को प्रस्ताव पठाएपछि त्यसबारे छलफल गर्न तोकिएका तीन जना न्यायाधीशसँग उनले आफ्नो योजना बताएका हुन् ।

 

File Photo: Newly appointed Chief Justice of the Supreme Court Cholendra Shumsher JB Rana assuming office, in Kathmandu, on Wednesday, January 2, 2019. Photo: Skanda Gautam/THT

सोमबार साँझ ६ बजे न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मा प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार गएका थिए । उनीहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । छलफलमा सहभागी न्यायाधीशहरूले जबराको योजनाबारे सबैभन्दा पहिले मंगलबार बिहान सर्वोच्चका बाँकी न्यायाधीशलाई जानकारी गराउने भन्दै ‘प्रेस’ लाई बताउन अस्वीकार गरे ।

 

 

न्यायाधीश मल्लले प्रधानन्यायाधीशसँग ‘ग्रेसफुल एक्जिट’ को योजना के हो भन्नेबारे छलफल भएको बताइन् । ‘उहाँले आफ्नो प्रस्तावबारे हामीलाई बताउनुभएको छ तर त्यसको विषयवस्तु मैले अहिले भन्न मिल्दैन, भोलि (मंगलबार) बिहान ११ बजे सर्वोच्च अदालतका न्यायाधीशहरूलाई अनिल सिन्हा श्रीमान्ले हाम्रोतर्फबाट त्यो कुरा राख्नुहुनेछ,’ उनले भनिन्, ‘त्यसपछि मात्रै यो विषय सार्वजनिक हुनुपर्छ । होइन भने हामीले सहजकर्ताको भूमिकाबाट समस्यालाई जसरी समाधान गर्न खोजेका छौं, त्यो गर्न सक्दैनौं ।’

 

प्रधानन्यायाधीश जबराले आइतबार ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव पठाएपछि उनीसँग छलफल गर्न गएका न्यायाधीशहरूले विश्वासको वातावरण बनाउन जबरालाई आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशलाई पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र तोक्न आग्रह गरेका थिए ।

 

सर्वोच्चका अर्का एक न्यायाधीशले प्रधानन्यायाधीशले ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव पठाएअनुरूप उनलाई त्यसको अवसर दिन आफूहरू सोमबारको इजलासमा बसेको बताए । ‘प्रधानन्यायाधीशको प्रस्तावमा हामीले गर्न सक्ने सहयोग यही हो, इजलास बसेर त्यसका लागि वातावरण बनाइदिएका छौं, अब उनले सम्मानजनक बहिर्गमन लिनुपर्‍यो,’ उनले भने, ‘छलछाम गर्ने, तिकडम गरेर समय कटाउने मात्र प्रयास हुन्छ भने हामीलाई मान्य हुँदैन ।’

Comments Box