गण्डकी विश्वविद्यालयद्वारा कोदोको रक्सीलाई ब्रान्डिङ गर्नेबारे अध्ययन सुरु



गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ ।

 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

 

ब्राण्डिङ र गुणस्तर मापनको अभावमा घरेलु मदिरा उत्पादनमा प्रतिबन्द तथा उत्पादित मदिरासमेत खेर जाने गरेको छ । विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताउनुभयो । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ ।

 

 

यसैगरी विश्वविद्यालयले सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उहाँले बताउनुभयो । मङ्गलबार विश्वविद्यालयले पर्वतका शिक्षा क्षेत्रका सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम गरी गण्डकी प्रदेश सरकारको पहिलो विश्वविद्यालयवाट सञ्चालित शैक्षिक कार्यक्रम, आगामी रणनीति र यस विश्वविद्यालय सञ्चालनका उद्देश्यका बारेमा छलफल गरिएको हो । सो अवसरमा बोल्दै गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले गण्डकी प्रदेशमै दक्षजनशक्ति उत्पादन गर्नका लागि विश्वविद्यालय रचनात्मक सोचका साथ अघि बढेको बताउनुभयो ।

 

अबको युगमा आवश्यक पर्ने व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विश्व विद्यालय लागिपरेको छ । शिक्षाको गहिरो अध्ययनबिना जुनसुकै क्षेत्र पनि अपूरो हुने भएकाले यो विश्वविद्यालय सूचना प्रविधि, खेलकूद, चिकित्साविज्ञानलगायत कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रका पढाइ सञ्चालन गर्ने भएको छ ।

 

गण्डकी विश्व विद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले विश्वविद्यालयका कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ । विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तहमा पढाई सुरु

१६ आश्विन २०७८: गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।

 

 

नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ ९बिएसएम० र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी ९बिआइटी० विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

 

कार्यक्रम शुभारम्भ गर्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ति उत्पादन गरिने धारणा व्यक्त गर्नुभयो ।“नेपालको इतिहासमा पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण देखिनु हामी सबैका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।”

 

‘नोलेज’, ‘एटिच्युड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्नसके शिक्षाका माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकारसँग अझै छलफल गरेर अघि बढ्ने अध्यक्ष देवकोटाको भनाइ थियो ।

 

गण्डकी प्रदेशका मुख्य सचिव डा दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको सुुरुआतमै स्नातक तहमा खेलकूद व्यवस्थापनको अध्ययन सुरु हुनु खुसीको विषय भएको बताउनुभयो ।प्रदेशमा खेलकूद पर्यटनको सम्भावना रहेकाले पनि यो विषयमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्दै उहाँले सर्टिफिकेटभन्दा पनि व्यावसायिक जनशक्तिको आवश्यकता आँैल्याउनुभयो ।

 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्मसात् गर्दै प्रदेशको समृद्धिका लागि विश्वविद्यालयले आफ्ना योजना अघि बढाउने बताउनुभयो ।

 

हालका लागि दुई विषयमा अध्ययन शुरु गरिए पनि चाँडै नै बिफर्माको अध्यापन सुरु गरिने जानकारी दिँदै उपकुलपति प्रा डा नवराज देवकोटाले युरोप तथा अमेरिकाका ख्यातिप्राप्त विश्वविद्यालयसँग सम्झौता गरी विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोडने तयारी गरिरहेको बताउनुभयो । उक्त विश्वविद्यालयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ ९विएसएम०मा १६, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी ९विआइटी०मा ३१ र विफर्मामा २० गरी ६७ विद्यार्थी भर्ना भएका छन् ।

Comments Box