प्रचण्डले सरकारमा हैसियतअनुसारको सहभागिता भनेर भन्न खोजेको के हो ?



मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । उनले थप भने, यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको छु ।

 

 

उनले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि उत्तिकै छ’, उनले भने, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ ।’ माओवादी केन्द्रले मन्त्रिपरिषद गठनको समयमा त्याग गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौं । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।’


११ आश्विन २०७८

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ ।

 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

 

आजको बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।

 

स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको थियो भने स्थायी समिति सदस्यको राय पनि लिनुभएको थियो ।

Comments Box