लम्जुङका युवा कांग्रेस र माओवादी त्यागेर नेकपा एमालेमा प्रवेश



दोर्दी गाउँपालिका वडा नं. ६ का ५ दर्जन युवा विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले दोर्दी गाउँपालिका ६ वडा कमिटीको वडा भेलाबाट उनीहरु एमालेमा प्रवेश गरेको हुन् । पार्टी प्रवेश गर्नेमा दोर्दी गाउँपालिका ६ को हरिगाउँ, ताँजे, सिमि, किर्तिपुर लगायतका गाउँका युवा छन् । उनीहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशी युवालाई संविधान सभा सदस्य जमिन्द्रमान घले, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङ र वडा कमिटीका अध्यक्ष गोरे गुरुङले स्वागत गर्नुभएको थियो । उनीहरुलाई अबिर लगाई सदस्यता प्रदान गरिएको छ ।

 

उनीहरुलाई पार्टीको नीति नियम अनुसार चल्न तथा ईमान्दारिताका साथ लाग्न आग्रह गरिएको थियो ।

 

नेकपा एमाले दोर्दी गाउँपालिका ६ का वडा कमिटी अध्यक्ष गोरे गुरुङको अध्यक्षतामा गरिएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलहादुर घले, नेकपा एमाले दोर्दी गाउँ कमिटीका अध्यक्ष युवराज अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जुन तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँ कमिटी सदस्य छवि घलेले गर्नुभएको थियो ।

(यो समाचार चौतारी लाईभ डिजिटल पत्रीका बाट लिईएको हो । )

Comments Box