गण्डकीमा सुत्केरीको एयर लिफ्टिङ गर्न ४५ लाख विनियोजन

प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले दुर्गमका महिलाको नि:शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो



पोखरा, १७ असार: गण्डकी सरकारले पछिल्लो तीन वर्षमा ५२ जना सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा रहेका ति महिलाहरूलाई सुरक्षित अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

 

३ वर्षअघिको बजेट र नीति तथा कार्यक्रममै राखेर प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारले दुर्गमका महिलाको नि:शुल्क एयर लिफ्टिङ गर्ने योजना ल्याएको थियो ।

 

 

 

हरेक वर्ष दुर्गम ठाउँबाट सुत्केरीहरूलाई आपतकालीन उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चालु वर्षमा तीन जना सुत्केरी आमाको उद्धार गरिएको छ । सरकारले उक्त कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिन लागेको जनाएको छ ।

 

 

दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याएन एयर लिफ्टिङ कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले बताए ।

 

 

सरकारले निजी कम्पनीका हेलिकोप्टरमार्फत सहकार्य गरेर सस्तोमा उनीहरूको उद्धार गर्दै आएको छ । यस्तै, उपचार गर्न नसक्ने सुत्केरी र गर्भवतीलाई सरकारले नै उपचारसमेत गराएको छ ।


२४ भाद्र २०७८, बिहीबार

बिरामी हुँदा हेलिकोप्टरको भर

गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पु¥याउने गरिएको छ ।

 

मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पु¥याउने गरिएको हो । भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका–६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकोप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकोप्टरबाट नै लगिएको थियो ।

 

सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका–७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकोप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन् । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पु¥याउन हेलिकोप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताउनुभयो ।

 

म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चार÷चार पटक हेलिकोप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकोप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।

 

पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३.६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी–१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ ।

 

सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन । इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी–जोमसोम, बेनी–दरबाङ, मालढुङ्गा–बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।

 

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एकवटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ ।

Comments Box