नवनियुक्त सेनापतीको सम्पती कती ?



राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो ।

 

 

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

यसैबिच नेपाली सेनाका प्रधानसेनापतीको सम्पति कती छ भन्ने आम मानिसको चासो छ ।

आ व २०७५/७६ मा पेश भएको विवरण अनुसार सेनापती को त्यसबेलाको सम्पतीमा नागार्जुन नगरपालिका वडा ४ मा रहेको घर जग्गा , ललितपुर -१५ मा रहेको जग्गा , १३.५ तोला सुन र २० तोला चाँदी छ ।

यसैगरी १९ लाख नेपाली रुपैया र ४७ हजार अमेरिकि डलर बैक मौज्जात रहेको जनाईएको छ ।

Comments Box