भीमफेदीको पान्द्राङमा पहिराका कारण यातायात अवरुद्ध



३ भदौ (रासस) :   हेटौँडा–भैँसे हुँदै भीमफेदी जाने सडकखण्डमा पहिराका कारण यातायात अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिको पान्द्राङस्थित माथिबाट पहिरो खस्दा उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकीले जनाएको छ ।

 

 

पहिराका कारण भीमफेदी हुँदै हेटौँडातर्फ आउने सवारीसाधन र भीमफेदीतर्फ जाने यात्रु समस्यामा परेका छन् । भैँसे प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको छ । उक्त स्थानमा यसअघि पनि माथिबाट खसेको पहिराका कारण यातायात अवरुद्ध हुने गरेको थियो ।

Comments Box