मनाङ ङिस्याङको बजेट २३ करोड; प्राथमिकतामा मोटर बाटो



हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा उपाध्यक्ष छिरिङ गुरुङले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि २३ करोड ५९ लाख ९७ हजारको बजेट प्रस्तुत गरेका छन ।

 

बजेटमा सङ्घीय सरकारको सशर्त अनुदानबाट रु नौ करोड १९ लाख , वित्तीय समानीकरण अनुदानबाट रु. सात करोड २५ लाख , वित्तिय हस्तान्तरण बाट १७ करोड ९४ लाख ७४ हजार , संघ सरकारबाट प्राप्त हुने ४ करोड ४७ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट ५ करोड १५ लाख २३ हजार , प्रदेश सरकारको समानीकरण अनुदानबाट रु ५० लाख ७४ हजार, प्रदेश सरकारको सशर्त अनुदानबाट रु ५० लाख,प्रदेश सरकारको समपुरक अनुदान बाट ५० लाख र आन्तरिक राजश्वबाट ५० लाख रहेको छ ।

 

उपाध्यक्ष गुरुङका अनुसार पुर्वाधार विकासलाई गाउँपालिकाले प्रमुख प्राथमिकतामा राखेको छ । स्मरणिय छ, गत साल आएको भिषण वर्षा , वाढी र पहिरोले मनाङ जिल्लाभरी सडक सन्जालमा व्यापक क्षति पुर्याएको छ ।

 

 

बेशीसहर चामे सडकमा छुट्टै सडक आयोजनाले काम गरिरहेको छ भने, स्वर्गद्वारी – खाङ्सार सडक खण्डमा समेत मानानीय पोल्देन छोपाङ गुरुङको पहलमा रणनितिक सडक आयोजना सुरु हुँदैछ । चामे – स्वर्गद्वारी सडकखण्ड गाउँपालिकाको प्राथमिकतामा परेको उपाध्यक्ष गुरुङले बताए ।

 

यस बाहेक सामािजक विकास, वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासका कार्यक्रमहरु बजेटमा समावेश रहेको गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जनाएका छन ।

Comments Box