ज्यामिरे खोलामा पक्की पुल निर्माण



 

३० साउन (रासस) : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ स्थित ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज शुभारम्भ गर्नुभयो । सङ्घीय सरकारको रु ८९ लाख ६४ हजार, प्रदेश सरकारको रु ३० लाख र मकवानपुरगढीको रु दुई करोड १८ हजार चार सयका लागतमा निर्माण गरिएको सो पुलको कूल लम्बाइ २६।६५ मिटर र चौडाइ ७।२० मिटर छ ।

 

सो अवसरमा उहाँले प्रदेश सरकार गठन भएको साढे तीन वर्षमा प्रदेशभरिमा ६२ पुल निर्माणका साथै चार सय किलोमिटर पक्की सडक निर्माण भएको जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुरगढीका अध्यक्ष विदुर हुँमागाईंले गाउँपालिकाका विकासमा सबैले सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

Comments Box