‘पार्टी एकता जोगाउन हरसम्भव प्रयास जारी’



२९ साउन (रासस) :  नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताउनुभएको छ ।

 

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले शर्तमाथि शर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उहाँले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको उल्लेख गर्नुभयो ।

Comments Box