गाउँ पुग्न तुइनको सहारा ; गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ – अध्यक्ष चन्द्र घले



रासस० ः असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ ।  चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ ।

 

गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भन्नुभयो “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।” गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ ।

 

“टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरामा भासिएका छन् । झोलुङ्गे पुल बगाएको छ । सडक छैन”, उहाँले भन्नुभयो, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।” गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ ।

 

गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ । नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मस्र्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु विकल्प नभएको बताउनुहुन्छ । “तुइन पनि जीर्ण अवस्थामा छ । जोखिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ । ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भन्नुभयो ।

 

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउनुहुन्छ । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो ।

 

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ । जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु रु छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

 

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९ नम्बर वडाको दानाक्युमा बाढीपहिराले बढी क्षति पु¥याएको छ । यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।

 

मस्र्याङ्दी नदीमा आएको बाढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ । –––

Comments Box