सहमतिका लागि केही समय मागेपछि स्थायी कमिटी बैठक स्थगित



१६ साउन :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

 

अध्यक्ष ओलीनिकट एक नेताका अनुसार विघटित कार्यदलले पार्टीको दुई पक्षबीच सहमति जुटाउन पहल गरिरहेको सहमतिका लागि केही समय मागेपछि बैठक स्थगित भएको हो ।

 

विघटित कार्यदलको बैठक शनिबार विहान बसेको थियो । ‘कार्यदलका नेताहरुले सहमतिका लागि समय दिनुस् भनेपछि बैठक स्थगित गरिएको हो’ ती नेताले भने ।

Comments Box