१२ साउन : पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको उच्च अदालत पाटनकी प्रवक्ता अमृताकुमारी शर्माले जानकारी दिइन् ।
पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।
Comments Box