मनाङमा बाढी र पहिरो; स्थानीय अग्रसरतामा पिसाङ बचाऊ अभियान



गत जेठ अन्तिम साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोले मनाङ ङिस्याङ गाउँपालिकाको वडा नंं. १ पिसाङलाई नराम्ररोसँग प्रभावित ग¥यो ।

 

 

मस्र्याङदी छेउका घरहरु भत्कीए ठाडो खोलाहरुले बालीनाली विनास ग¥यो, सडक संजाल क्षतविक्षत पा¥यो ।

 

यसै बिच स्थानीयको अग्रसरतामा पिसाङ बचाऊ अधियान सुरु भएको छ ।

 

 

अभियान अन्तर्गत मस्र्याङदी खोलामा लोकल ग्यावियन लगाएर खोला नियन्त्रण गर्ने प्रयास जारी छ ।

 

यस अभियानमा पिसाङका हरेक घरले रु. १० हजारका दरले रकमको जोहो गरेका छन् ।

 

उक्त पहलमा साथ दिँदै मनाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले रु. १ लाख २५ हजार सहयोग गरेका छन् ।

 

स्थानीय छिरिङ गुरुङका अनुसार अहिले सम्म नदीको दुवै तर्फगरी करिव ६ सय ५० मिटर लोकल ग्यावियन राखि सकिएको छ ।

 

यसैगरी मनाङ ङिस्याङ गाउँपालिकाले ज्याला वापतको रकम बेहोर्ने आश्वासन दिएको छ भने अन्य व्यक्तिहरुले पनि पिसाङ बचाऊ अभियानलाई आर्थिक सहयोग गर्ने बचन दिएका छन् ।

 

स्थानीयको यो प्रयास सर्हानीय छ ।

Comments Box