चामेको मोटरएबल पुलमा हालसम्म समस्या रहेकोे छैन – सशस्त्र प्रहरी काठ र मुडा हटाउने तयारीमा



चामेको मोटरेवल पुलमा  हालसम्म समस्या रहेकोे छैन । पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर बस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा भने क्षति पुगिरहेको छ ।

 

“हिजो झुलुङ्गे पुलको चामे तर्फको नट खोलेर सम्वावित क्षति कम गर्न जुटेको ससस्त्र प्रहरी बल, अब चामेको मोटरेवल बचाउन काठ, मुडा आदी निकाल्ने तयारीमा लागेको छ” ससस्त्र प्रहरी बल न ३२ गुल्म मनाङका गुल्मपती होम नाथ पन्थी ले जानकारी दिनुभयो ।

 

 

यसघी जि.प्र.का.मा भएको बैठकमा प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो ।
(हेर्नुहोस तलको भिडियो सामाग्री )

 

 

यसघी नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा साबधानी नअपनाई जबर्जस्ती गर्न खोझ्दा जेसिबी र अपरेटर फसेको थियो ।

चामे पुल बचाउन लाग्दा जेसिबी फस्यो, अपरेटरको सकुशल

 

 

यसै बिच जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएपछि चामे र माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ ।

चामेको झोलुङ्गे पुल बगायो; मोटर हिंड्ने पुल प्रयोग गर्न नमिल्ने – आवतजावतमा सकस

Comments Box