स्थानियको पहलमा काठे पुल निर्माण (फोटो फिचर)



मनाङ- नासो गाउँपालिको धनेकमा स्थानियहरुको पहलमा काठे पुल निर्माण भएको छ ।

 

गएको जेठ अन्तिमदेखि असार सम्मको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले खहरे खोला, ठाडो खोला र मर्स्याङ्दी नदीले जोडिएका थुप्रै गाउँहरु बिचको सम्पर्क टुटेको छ ।

 

बाढीको बितण्डले दुई किनार जोडेको पुलहरु बगाउँदा स्थानिय आफैले पुल निर्माण गरेका हुन् ।

 

 

मनाङको थुप्रै पुलहरु बाढी र पहिरोले बगाए पछी पुल पुन ः निर्माणमा नेपाल प्रहरीले पनि हातेमालो गरेको । थुप्रै स्थानिय तहमा काठे पुलहरु ओहोर दोहोर गर्न सहज होस भनेर सक्दो चाँडो काठे पुल भएपनि निर्माण गरिएको छ ।

 

स्थानिय रुपमा उपलब्ध श्रोत र साधनको सहयोगमा पुलको निर्माण गरिएको हो ।

 

पुल निर्माण सँगै टुटेको सम्पर्क बिस्तारमा सहयोग पुगेको छ ।

 

Comments Box