बाढी प्रभावित नासोँ र चामेँ गाउँपालिकालाई रु १० लाख बराबरकाे आर्थिक सहयोग



विनाशकारी बाढीको बितन्डका कारण मनाङको नासोँ र चामे गाउँ पालिकालाई प्रत्यक्ष प्रभाव पारेको छ ।  अविरल वर्षासँगैको बाढी र पहिरोबाट जनधनमा क्षति पुगेको थियो ।

 

प्राकृतिक प्रकोपका कारण मानव जीवनमा पर्न गएको आहातलाई केही कम गर्न राहात स्वरुप बिघटित प्रतिनिधी सभा सदस्य पोल्देन छोपाङ गुरूङको बिशेष पहलको साथ साथै उपस्थिति र सक्रियतामा नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, निर्माण ब्यवसाय प्रबर्द्धन शाखा निर्माण व्यवसायी कोष अन्तर्गत रहेको बजेट मध्येबाट रु दश लाख  बजेट निकासा गराई उक्त रकमलाई गाउँपालिकाको श्रोतको रुपमा हस्तान्तरण गर्नुभएको छ ।

 

 

 

जसमध्यबाट क्षतिका आधारमा चामेँ गाउँपालिकालाई दुई दिन अगावै रु चार लाखको चेक हस्तान्तरण गरिएको थियो भने स्वास्थ्यमा प्रतिकुलताका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले गुरुङ्ले प्रतिनिधित्व गर्दै आजै नासोँ गाउँपालिकाको आपतकालिन सम्पर्क कार्यलय बेशीसहरमा जिल्ला विकास समिति मनाङका पुर्ब-सभापति कप्ली गुरुङद्वारा नासोँ गाउँपालिकाका उपाध्यक्ष कमल माया गुरुङ, प्रमुख प्रशासकिय अधिकृत विश्व बन्धु रेग्मी, कार्यक्रम अधिकृत गोविन्द रानाभाट र भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष मन बहादुर गुरुङको  उपस्थितिमा गाउँपालिकाका अध्यक्ष चन्द्र घलेलाई रु ६ लाख रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।

 

चेक बुझ्दै अध्यक्ष घलेद्वारा माननीय गुरुङको सुखी, सम्बृद्वि र बिकासका हरेक कदम र बिनाशकारी बाढी पश्चातका आपतकालीन कार्यमा पुर्याउनु भएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । साथै, आगामाी दिनमा पनि गाउँपालिकालाई परेको विपदमा गुरुङको साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताउनुभएको छ ।

Comments Box