वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा मनाङको लागी सौर्य ऊर्जा प्रणाली हस्तान्तरण (भिडियो सामाग्री)



नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ले बाढी पहिरोबाट क्षतिग्रस्त मनाङको विद्युत् आपूर्ति सहज बनाउन २५ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ ।

जेष्ठ २९ देखि आषाढ ३ सम्म तथा जेष्ठ १४ देखि १६ सम्म परेको वर्षाले मनाङको विद्युत संरचनाको पूर्वाधारहरु तथा सडक सञ्जालमा ठूलो क्षति पु¥याएको थियो ।

 

मनाङ्गका निवर्तमान प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ्ग गुरुङ्ग तथा मनाङ जिल्ला प्रशासन कार्यालय को आग्रहमा, वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष रहेका उपप्रधान, अर्थ, गृह, एवं ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले लाई तत्काल बिद्धुत आपुर्ती को व्यवस्था मिलाउन AEPC  निर्देशन गर्नु भए वमोजिम उक्त सौर्य ऊर्जा प्रणाली उपलब्ध गराइएको हो।

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले बाढी पहिरोको प्रकोपले चौतर्फी आवश्यकता परेको बेला तत्कालको लागि सौर्य प्रणाली उपलब्ध गराइएको बताए।

 

हस्तान्तरण पछी आज नै उक्त सामग्रीहरु लम्जुङको वेशिशहर पुर्याउन लागिएको र भोली बिहान नेपाली सेना को हेलिकोप्टर द्वारा चामे पुर्याईने निवर्तमान प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ्ग गुरुङ्गले वताउनु भयो ।

 

हस्तान्तरित सामाग्रीमा २८० वाट पिक क्षमताको सौर्य प्यानल ९० वटा, १० केभिएको इन्भर्टर ५ वटा, १५० एम्पियर आवर (१२ भोल्ट) को ब्याट्री ५० वटा तथा प्रणालीका लागि आवश्यक माउन्टिङ्ग स्ट्रक्चर, केवल, लाइटिङ्ग एरेष्टर, अर्थिङ्ग सेट छन् ।

 

निवर्तमान प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ्ग गुरुङ् ले आफ्नो र सम्पूर्ण मनाङ वासी को तर्फ वाट धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 

 

प्राधिकरणको समेत समन्वयमा वितरित सो प्रणालीबाट उत्पादित विद्युतलाई क्षतिग्रस्त प्रसारण तथा वितरण लाइन पुनर्निर्माण भएपछि राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने योजना छ ।

Comments Box