पाेखराका ठाउँठाउमा पहिराे र डुबान



पाेखरा, ११ असार: अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ ।

 

 

शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ ।

 

त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएकाे वडाध्यक्ष माेतीराज तिमिल्सिनाले जानकारी दिए ।

 

बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएकाे उनकाे भनाई छ । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खाेलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ ।

 

मानवीय क्षति भने भएकाे छैन । अन्य क्षेत्रका पनि सडक बगाएकाे छ । यातायात अबरुद्द भएकाे प्रहरीले जनाएकाे छ ।


२० असार २०७८, आईतवार

डुबानमा परेका डुङ्गा

अविरल बर्षाका कारण पानीको सतह बढेपछि डुबानमा परेको फेवातालस्थित बाराही घाट ।

 

 

अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाँधेर राखिएको डुङगा पानीले डुबाएपछि निकाल्दै डुङ्गा चालक ।

 

 

 

 

 

तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

Comments Box