कोशी नदीको उकास रहेको वन क्षेत्र निजीलाई – स्थानिय आन्दोलनमा



उदयपुरको वेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाई व्यक्तिलाई ३० वर्ष लिजमा दिने सरकारी निर्णयपछि त्यहाँका स्थानीय आन्दोलित छन्।

कबुलियत वन बनाउने भनिएको क्षेत्रमा विगत ४० वर्षदेखि मानिसहरू बसोबास गर्दै आएका छन्। त्यहाँ झन्डै ८ सय घरधुरी रहेको स्थानीय बसोबास गर्छन ।

 

वेलका नगरपालिका वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वन समेत समेटेर १७५.२३ हेक्टर क्षेत्र दुई निजी कम्पनीलाई ३० वर्ष लिजमा दिने निर्णय गरेको थियो। कुल १७५.२३ हेक्टरमध्ये १२५ हेक्टर ‘सेफ वे टेक्नोलोजी ललितपुर’ ले र बाँकी ‘बराह हर्वल एण्ड एग्रो प्रालि’ ले पाएको छ।

 

कोशी टप्पु क्षेत्रलाई कबुलियत वन बनाउने निर्णय गरेकाले आफूहरू सो निर्णय फिर्ताको मागसहित आन्दोलनमा उत्रिएको स्थानिय ले वताए।

नगरपालिकाले पुस २९ गते कबुलियत वन बनाउन भन्दै जिल्ला डिभिजन वन कार्यालयलाई सिफारिस पठाएको थियो। नगर प्रमुख थापाकै हस्ताक्षर रहेको उक्त सिफारिस पत्रमा नगरको वडा नम्बर ३ मा रहेको नदी उकास, बाझो जग्गामा गठन गरिएको पौरखी सामुदायिक वन र आसपासका क्षतिग्रस्त जग्गा प्रचलित कानुन अनुसार लिजमा लिएर जडिबुटी खेतीका लागि भन्दै बराह हर्वल एण्ड एग्रो प्रालिलाई उपलब्ध गराइदिन भन्दै जिल्ला डिभिजन वन कार्यालयलाई सिफारिस गरेको छ।

Comments Box