एकता जोगाउने प्रयास – दोस्रो तहका नेता छलफलमा – परान्ह अर्को चरणको वार्ता



ललितपुरस्थित एक होटलमा बिहीबार बिहान ८ बजेदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र  शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट  घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्।

बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।

Comments Box